गोदावरीमा ‘दशिया तथा देवारी’ मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको गोदावरी नगरपलिका – १ विजौरामा ‘दशिया तथा देवारी’ मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । बरघर भल्मन्सा नगर समितिको आयोजनामा उक्त कार्याक्रम आयोजना गरिएको हो ।

maya metro hospital

‘थारु भाषा कला संस्कृति प्रथा हमार पहिचान, संरक्षण ओ संमद्र्धन करना हमार साझा अभियान’ नारा सहित आयोजना गरिएको कार्यक्रम अहिले भागेश्वर आधारभूत माविको प्राङ्गणमा अहिले जारी रहेको छ ।

joshi vada pasal 2

बरघर भल्मन्सा नगर समिति संयोजक जगतराम चौधरीको सभापतित्वमा भइरहेको उक्त कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका छन ।

कार्यााक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, थारु अगुवा, समाजसेवी राजनीतिक दलका प्रतिनिधि सहित स्थानीयको उल्लेख्य सहभागिता रहेको छ ।

कार्यक्रममा थारु भाषा, कला, संस्कृति झल्किने कार्यक्रममा संचालन भइरहेका छन । कार्यक्रमको मुख्य प्रायोजक गोदावरी नगरपालिका रहेको छ भने सह–प्रायोजकमा गोदावरी नगरपालिकाका वडा कार्यालय, जय लक्ष्मी स्टोर अत्तरिया, एभेष्ट एकेडेमी अत्तरिया, गाउँले होटल अत्तरिया रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.