आज बडादसैंको छैठौं दिनः देवी कात्यायनीको पूजा गरिदैं

बडादसैंको छैठौं दिन आज माता कात्यायनी देवीको पूजा–आराधना गरिदै छ । कात्यायनी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त हुन्छ ।

maya metro hospital

माता कात्यायनी देवीको पुजा अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ । माता कात्यायनीको बडादशैंको हरेक छैठौं दिन पुजा गरिन्छ ।

कात्य गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बाको उपासना गरे । उनले कठिन तपस्या गरे । उनले पुत्री प्राप्तीका लागि माता पराम्बाको उपासना गरेका थिए । माता पराम्बा उनको भक्ति देखेर खुशी भएर छोरीको रुप लिएर उनको घरमा जन्म लिइन् ।

attariya hospital

यसरी यी देवीको नाम कात्यायनी रहन गयो । यीनको गुण शोधकार्य छ । त्यसैले यी देवीको वैज्ञानिक यूगमा कात्यायनीको महत्व सर्वाधिक रहेको छ । माता कात्यायनीको कृपाले नै सबै कार्य पूरा हुन्छ । यी देवी वैद्यनाथ नामक स्थानमा प्रकट भएकी थिइन् ।

माता कात्यायनी अमोघ फलदायिनी छिन् । भगवान कृष्णलाई श्रीमान को रुपमा पाउनका लागि ब्रिजका गोपिनीहरुले यीनै देवीको पूजा गरेका थिए । त्यो पूजा कालिन्दी यमुनाको तटमा गरिएको थियो । त्यसैले यी देवी ब्रजमण्डलकी अधिष्ठात्री देवीको रुपमा प्रतिष्ठित छिन् ।

यीनको स्वरुप अत्यन्त भव्य र दिव्य छ । यिनी स्वर्ण जस्तै चम्किली र भाष्वर छिन् । यीनका चार हातहरु छन् । दायाँतर्फको माथिल्लो हात अभयमुद्रा रहेको छ तथा तल्लोतर्फको हात वर मुद्रामा रहेको छ ।

माताको बायाँतिरको माथिल्लो हातमा तलवार र तल्लो हातमा कमलको फूल सुशोभित छ । यीनको वाहन पनि सिंह नै हो । यीनको उपासना र आराधनाले भक्तहरुले सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सक्छन् । त्यसैले भनिन्छ, यी देवीको उपासना गर्नाले परम पदको प्राप्ति हुन्छ ।

नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.