१५ दिनभित्र हतियार बुझाउन बैतडी प्रशासनको आग्रह

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले १५ दिनभित्र हतियार बुझाउन आग्रह गरेको । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनकालाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन शुक्रबार सूचना जारी गरेको हो ।

maya metro hospital

सूचनाअनुसार आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।

joshi vada pasal 2

बुझाएका हतियारलाई निर्वाचनपछि फिर्ता गरिने प्रमुख जिल्लाअधिकारी सुरेश पन्थीद्वारा जारी भएको सूचनामा छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.