फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च कैलालीलाई

धनगढी – कैलालीको धनगढीमा सम्पन्न ‘निसर्ग हस्पिटल मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) कैलालीले जितेको छ । आयोजक समेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

maya metro hospital

फाइनलमा मञ्चका कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे । यस्तै चडेपानी ब्वाइजका राजेश चौधरीले २ गोल गरे । उपाधिसंगै मञ्चले नगद २५ हजारसहित ट्रफी र मेडल पायो भने उपविजेता चडेपानी ब्वाइज पत्रकार समूहले नगद १५ हजार नगदसहित ट्रफी र मेडलमा चित्त बुझायो ।

joshi vada pasal 2

प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलकुद पत्रकार मञ्च कैलालीका महेन्द्र बम, उत्कृष्ट खेलाडी सीताराम ओझा र उत्कृष्ट किपर चडेपानी ब्वाइज पत्रकार समूहका टंक कुँवर भए ।

यसअघि आजै भएको सेमिफाइनलमा खेलकुद पत्रकार मञ्च कैलालीले नेपाल पत्रकार महासंघ कैलाली र चडेपानी ब्वाइजले अत्तरिया पत्रकार समूहलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.