चाडपर्व कै बिच धनगढी बजारका घर तोडफोड गरिन लागेको हो ? यस्तो भन्छन मेयर

अत्तरिया – कैलालीको धनगढी बजार क्षेत्रमा चाडपर्वकै समयमा घर तोडफोड गरिने भनेर अहिले भयावह वातावरण सिर्जना गरिएको छ । यसअघि उपमहानगरपालिकाले असोज मासान्त भित्र समय सिमा तोकेर धनगढी बजारको कैलाली पुल देखि क्याम्पस चोक सम्मका संरचना हटाउन सूचना निकालेको थियो ।

maya metro hospital

सोही सूचनाका आधारमा अहिले धनगढीमा दशैं, तिहार र छठ पर्व खल्लो हुने अटकल काटिन थालेको छ । तर, उपमहानगरका मेयर गोपाल हमालले भने दशैं, तिहार र छठमा संरचना हटाउन तोडफोड नगर्ने स्पष्ट पारेका छन ।

joshi vada pasal 2

शुक्रबार एक अपिल जारी गर्दै मेयर हमालले चाडपर्वमा तोडफोड गर्न लागिएको भनि भयावह वातावरण सिर्जना गरिएकोमा उक्त महान चाडहरुको अवसरमा सडक निर्माणका लागि कुनै तोडफोड नगरिने स्पष्ट पारेका हुन ।

दशैं असोज मसान्त अगाडी सकिन लागेको भएपनि तिहार र छठ पर्व दशैं पछि परेका छन । तिहार कार्तिक ५ गते देखि सुरु हुँदै छ भने छठ कार्तिक १३ गते परेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.