साना किसान मालाखेतीद्धारा जेष्ठ नागरिकलाई सम्मान गर्दै वृद्ध भत्ता वितरण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको सानाकिसान कृषी सहकारी संस्था लिमिटेड मालाखेतीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै वृद्ध भत्ता वितरण गरेको छ । शुक्रबार संस्थाले एक कार्यक्रमका बिच गोदावरी नगरपालिका भित्रका ७० वर्षमाथीका ६१ जना जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गर्दै वृद्ध भत्ता वितरण गरेको हो । सहकारीले सो अवसरमा जेष्ठ नगरिकहरुलाई एक एक थान कम्बल पनि वितरण गरेको थियो ।

maya metro hospital

संस्थाका अध्यक्ष तेजराज अवस्थीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भटट्ले सानाकिसान मालाखेतीले गरेको सामाजिक दायित्व बहन गर्दै जेष्ट नागरिकलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । भट्टले साना किसानले सामाजिक, आर्थीक विषयमा महत्वपूर्ण भूमीका खेल्दै आएको बताए ।

joshi vada pasal 2

सम्मान संगै दशैंको सययमा सहकारीबाट भत्ता पाएपछि किसानहरुले खुसि व्यक्त गरेका छन । जेष्ठ नागरिक डिकरी देवि भट्टले साना किनानले उपलब्ध गराँउदै आएको सम्मान तथा वृद्ध भत्ताको धन्यवाद व्यक्त गरीन् ।

उनले भनीन् ‘कुनैबेला हामीले सानोसानो रकमबाट सुरु गरेको यो संस्थाले अहिले वृद्धा अवस्थामा पुगेपछी हामीलाई गरेको योे सम्मानको लागी साना किसान प्रति आभारी छु ।’

साना किसान कृषी सहकारी संस्था लिमिटेडले २०७२ सालदेखि जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गर्दै वृद्ध भत्ता वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.