बाजुराको स्याउ धनगढी पर्‍याउन प्रतिकिलो ढुवानी भाडा ४० रुपैयाँ

धनगढी – बाजुरा जिल्लामा फलेको स्याउ धनगढी बजारसम्म पु¥याउन पवन कट्टेलले प्रतिकिलो ढुवानी भाडा रु ४० खर्च व्यहोर्नु प¥र्यो ।
चाडपर्वका समयमा स्याउको कारोबार गरेर आम्दानी गर्ने सोचसहित धनगढीमा बजारीकरण गरिरहेको भेटिनुभएका कट्टेलले ढुवानी भाडा चर्को भएपछि स्याउको व्यापारमा घाटा लागेको गुनासो गरे ।

maya metro hospital

किसानको बारीमै पुगेर प्रतिकिलो रु ३० देखि रु ४० मा थोक मूल्यमा स्याउ खरिद गरेका उनले सडकको सुविधा नहुँदा बजारसम्म पु¥याउन मुश्किल भएको बताए ।

joshi vada pasal 2

उनले बारीमा बोटबाट स्याउ टिप्नेलाई ज्यालाबापत प्रतिकिलोको रु १०, प्रतिकिलो ढुवानी खर्च बाजुराको जुकोटलेसीबाट त्रिचोर गाउँसम्म रु १८ र त्रिचोरबाट कालीकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीसम्म रु १२ खर्च लागेको बताए ।

बर्खायाममा गएको पहिराले ठाउँठाउँमा बाटो भत्किएपछि उत्पादित स्याउ आफ्नै प्रदेशको सडकमार्फत बजारसम्म पु¥याउन नसकिएको किसानको भनाइ छ । धनगढी बजारमा कट्टेलले प्रतिकिलो रु ७० देखि ८० मा स्याउ बिक्री गरेका छन ।

बाजुराको स्वामीकात्तिक गाउँपालिकामा उत्पादन भएको स्याउ सडकको असुविधाले आफ्नै प्रदेशमा पर्ने धनगढीसम्म बजारीकरण गर्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला भएर ढुवानी गर्नुपर्ने बाध्यता छ ।

बाजुराको हिमाली भेकका पाण्डुसैन, बूढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्गानिक स्याउ उत्पादनका लागि प्रख्यात छन् । स्याउको बजारीकरण गर्न भइरहेको समस्यासँगै किसान र व्यापारीले यसको उचित मूल्य पाउन सकिरहेका छैनन् । उत्पादन स्थलसम्म कृषि सडकको अभाव देखिनु, भएका सडक पनि बर्खायामा भत्किएर बन्द हुनु, भण्डारणका लागि उचित व्यवस्था नहुनु जस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पु¥याउन समस्या हुने गरेको किसानको भनाइ छ ।

स्वामीकात्तिक गाउँपालिका–३ का किसान पदमबहादुर शाहीले सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको बताए । झण्डै २० बिघा क्षेत्रफलको जग्गामा स्याउ खेती गरेका शाहीले किसानले स्याउको उचित मूल्य नपाएको बताए ।

बाजुराको अर्गानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढी लगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयात हुने ठूलो परिमाणको स्याउको कारोबार हुने गरेको छ ।

किसान शाही आफ्नै देशको माटो र हावापानीमा उत्पादन भएको अर्गानिक स्याउको बजार माग बढाउन नसकिएको बताउन्छन । अर्गानिक स्याउखेती गरिँदा कुनै प्रकारको विषादी प्रयोग गरिँदैन । बाजुरा पुगेर फर्किनेको कोसेली त्यहाँ उत्पादन हुने अर्गानिक स्याउ नै हुने गरेको छ ।

कृषि प्राविधिकले हिमाली जिल्लामा उत्पादन हुने स्याउलगायतका कृषिउपजको बजारीकरणमा ठूलो समस्या रहेको बताए । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले कृषि सडकको व्यवस्थाका साथै उत्पादित स्याउको भण्डारण, न्यूनतम समर्थन मूल्य तोकिदिने जस्ता सेवा सुविधा उपलब्ध गराउन सकिएमा उत्पादित स्याउलगायतका कृषिउपज बजारीकरणमा सहयोग पुग्ने बताए ।

कुनै पनि विषादी र हर्मन प्रयोग नगरी उत्पादन हुने अग्र्यानिक स्याउ उपभोक्ताको रोजाइ हुनुपर्नेमा उपभोक्तामा चेतनाको अभावका कारण भारतबाट आयातित हरमन वा अन्य विषादीको प्रयोग गरिएको स्याउको माग फलफूल बजारमा बढी देखिने गरेको बताइन्छ । कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानबापत प्रतिकिलो रु २७ उपलब्ध गराएको कृषकले बताएका छन् । ज्ञान केन्द्रले यसअघि पनि उत्पादित अर्गानिक स्याउको ढुवानीमा अनुदान दिएको थियो ।

अर्गानिक स्याउको स्वाद लिएका स्थानीय राजेन्द्र भट्टले भने, ‘स्याउ रसिलो र स्वादिलो छ, आफ्नै देशको हावापानीमा उत्पादन भएको स्याउ नेपालका बजारमा पु¥याउन किसानले झेलेको समस्या देखिनु विडम्बना हो ।’

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.