अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ५ गेटा बजारमा अनुगमन गरिएको छ । गोदावरी नगरपालिकाले बुधबारदेखी थालेको अनुगमनलाई निरन्तरता दिदै बिहिबार गेटा बजारमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद सकिएका १४ किलो भन्दा बढी मसला मात्रै बरामद गरिएको छ । गोदावरी नगरपालिका पशु सेवा शाखाका कर्मचारी टेक बहादुर शाहुले गेटामा ८ वटा पसलमा गरिएको अनुगमनमा मात्रै म्याद सकिएका १४ किलो ५ सय ग्राम मसला बरामद गरिएको बताए । उनले गेटामा हालसम्म पनि अनुगमन हुन नसकेकाले अखाद्य वस्तुहरु बढी भेटिएको बताए ।

उनका अनुसार उक्त पसलहरुबाट मसला सहित १ पाकेट चकलेट, ३ किलो ७ सय ग्राम केराउ, २५ पाकेट ग्लुकोज, ५ बट्टा रेडबुल र ६ किलो ज्वानो बरामद गरिएको छ ।
नगरउपप्रमुख शारदा रोकायाको संयोजकत्वमा अनुगमन गरिएको थियो । दशैतिहार नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी र म्याद गुज्रिएका सामग्रीहरुको बेचविखन रोक्न गोदावरी नगरपालिकाले अनुगमन थालेको थियो ।