कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

maya metro hospital

बुधबार साँझ सोही ठाउँ स्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट राजीपुर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.