पिपिएलको क्वार्टरफाइनल समीकरण पूरा

बैतडी – बैतडीको पाटनमा जारी दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) पुरुष टी–२० खुला क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
समूह ‘ए’बाट पाटन स्टार क्रिकेट क्लब, भीमदत्त पोलिटेक्निकल इन्स्टिच्युट (बिडिपिआई) र वासुलिङ क्रिकेट क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । यसैगरी समूह ‘बी’बाट ग्वाल्लेक क्रिकेट क्लब, पिसिसी पल्टन र खोड्पे क्रिकेट क्लब (केसिसी) क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

maya metro hospital

प्रतियोगिताअन्तर्गत बिहीबार क्वार्टरफाइनलका खेल हुनेछन् । पाटन नगरपालिका–६ मा रहेको कृष्ण माविको खेल मैदानमा हुने पहिलो खेलमा पाटन स्टार र वासुलिङ भिड्दा दोस्रोमा ग्वाल्लेक र केसिसी प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै तेस्रोमा वासुलिङ र बिडिपिआई, चौथोमा पाटन पल्टन र ग्वाल्लेक र पाँचौँमा खेल बिडिपिआई र पाटन स्टारबीच हुनेछ । २४ टोली सहभागी प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए ।

attariya hospital

प्रतियोगिताको विजेता टोलीले रु एक लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र पाउनेछ । उपविजेता टोलीले रु ५५ हजार पाँच सय ५५ सहित प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कारस्वरूप रु ११ हजार १११ सहित प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई जनही पाँच हजार पाँच सय ५५ सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उदीयमान खेलाडीलाई एक हजार एक सय ११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिनेछ ।

पाटन क्रिकेट क्लबको आयोजनामा सुरू भएको प्रतियोगितालाई पाटन नगरपालिकाले प्रायोजन गरेको हो । यस्तै प्रतियोगितामा बैतडी युवा समाज र पाटन स्टार युवा क्लबको सहकार्य रहेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.