बैतडी –बैतडीमा अपहेलित टोलका नाम परिवर्तन गरिएको छ । पाटन नगरपालिका – ५ सन्तपुरभित्र रहेको ‘डुम्यौडा’ टोलको नाम परिवर्तन गरिएको हो ।

वडा अध्यक्ष फुनिसिंह बोहरा र उपप्रमुख कमलसिंह बोहराको उपस्थितीमा भएको भेलाले टोलको नयाँ नाम श्रृजना टोल राखिएको छ ।

गाउँलेहरुको भेलाले टोलको नाम श्रृजना टोल राख्ने निर्णय गरेकाले सोही अनुसार टोलको नाम परिवर्तन गरिएको वडा अध्यक्ष फुनिसिंह बोहराले बताए । गाउँका नामकै कारण समुदायका मानिसको अपमान हुने, जातीय विभेद हुने खालको अवस्था रहेकाले त्यस्तो अवस्थाको अन्त्यका लागि यो अभियान शुरु गरिएको थियो ।
यसअघि केही दिन पहिला पाटनमा बसेको अन्तरपालिका समन्वय बैठकले अपहेलित गाउँका नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । जिल्लाको पाटन नगरपालिकाको कार्यपालिकाले अपहेलित गाउँका नाम एक महिनाभित्र परिवर्तन गरिसक्ने जनाएको छ ।