संरक्षण नहुँदा सडक कार्यालयका भवन जीर्ण

खलङ्गा – दार्चुलाको मालिकार्जुन गाउँपलिका–३ को सडक डिभिजन कार्यालय पाटन बैतडी मातहतको साइट कार्यालयका चार भवन जीर्ण बनेका छन् । उक्त भवन २०५८ सालदेखि प्रयोगविहीन भई जीर्ण अवस्थामा पुगेका हुन् । ती भवन २०५० सालमा बनेका थिए ।

maya metro hospital

ती भवनमा बैतडी दार्चुला सडकखण्डको साइट कार्यालय सञ्चालन भएको थियो । भवनको बेहाल देखेर मालिकार्जुन माविले जीर्ण अवस्थाका भवनको मर्मतसम्भार गरी प्राविधिक शिक्षालय सञ्चालन र छात्रवास प्रयोजनका लागि डिभिजन सडक पाटनलाई माग गरिए पनि सडक विभागले दिन नमानेको मालिकार्जुन माध्यमिक विद्यालय मडका प्रअ भुवन डागाले बताए । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिसँग समन्वय गरी सरकारी सम्पत्ति नष्ट हुनुभन्दा गाउँपालिकाको आर्थिक सहयोगमा मर्मतसम्भार गरी प्राविधिक शिक्षालय सञ्चालन गर्ने प्रस्ताव पेस गरेको प्रअ डागाले बताए ।

joshi vada pasal 2

नेताहरुले पनि यो विषयमा कुनै चासो नदेखाएको स्थानीय सुरेशसिंह धामीले गुनासो गरे । जीर्ण भएका दुई भवन विद्यालयकै जमिनमा रहेका छन ।

घरका छाना छैनन् भने भित्रका सामान लथालिङ्ग अवस्थामा छन् । भवनका झ्याल ढोका छैनन् । भवन भित्र कैयौ सामान जथाभावी फालिएको अवस्थामा छन् । यसमा सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्नेमा स्थानीयको भनाइ छ ।

सडक डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख बर्खबहादुर कठायतले गत वर्ष एउटा घर पुनर्निर्माण गरिएको बताए । सडक डिभिजन बैतडीले दार्चुला बैतडी र बझाङ जिल्ला पनि हेर्ने भएकाले सबै ठाउँमा बजेट हाल्नुपर्ने हुँदा बजेट अपुग भएको कारण पुनर्निर्माण गर्न नसकिएको उनले बताए ।

उनका अनुसार एकै चोटी सबै भवन बजेट अभावका कारण बनाउन नसकिने हुँदा आगामी बजेटमा क्रमागत रुपमा पुनर्निर्माण गरिने छ । विद्यालयलाई भवन दिने सवालमा सङ्घीय सरकारबाट अनुमति लिनुपर्ने भएकाले भौतिक तथा यातायात मन्त्रालयले दिन नमिल्ने बताए पछि रोकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.