कञ्चनपुरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि जिल्लास्तरीय पुरुष डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
जिल्लाभरका ब्याडमन्टिन खेलाडी सहभागी रहेको प्रतियोगिताको कञ्चनपुरको बेदकोट नगरप्रमुख भोजराज बोहराले शुभारम्भ गर्दै ग्रामीण स्तरबाट नयाँ खेलाडी उत्पादनमा जोड दिए ।

maya metro hospital

उनले भने ‘खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ । जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो ।’

joshi vada pasal 2

उनले खेलकुदको विकासका लागि बेदकोट नगरपालिका पनि सरोकारवाल निकायसित सहकार्य गर्न तयार रहेको बताउँदै निकट केही समयमै नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिए ।

बडादसैँ तथा शुभ दीपावलीका अवसर पारेर यहाँस्थित कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगितामा महेन्द्रनगर, झलारी, दैजीलगायतका क्षेत्रका खेलाडी सहभागी छन् ।

त्यस्तै प्रतियोगिता संयोजक शेरबहादुर सिंहले प्रतियोगितामा ५० टोली सहभागी रहेको जानकारी दिए । उनले प्रतियोगितामा विजयी खेलाडीहरुलाई नगद र ट्रफीसहित पुरस्कृत गरिने बताए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २१ हजार, द्वितीय हुनेलाई रु ११ हजार र तृतीय हुने टोलीलाई रु पाँच हजार एक सयसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.