अत्तरिया – कैलालीको गोदवारी नगरपालिका – २ अत्तरियामा रहेको शिव मन्दिरमा सरसफाई गरिएको छ । बागेश्वरी असल सुशासन क्लब (बास) नेपालको गोदावरी उपशाखाले मन्दिरमा सरसफाई गरेको हो । दशैंको अवसरमा मन्दिरमा सरसफाई गरिएको बास नेपालका प्रदेश सह–संयोजक कुँवेर खड्काले बताए ।

गोदावरी उपशाखा अध्यक्ष रोशन खड्काको संयोजकत्वमा भएको उक्त सरसफाई कार्यक्रममा बासको प्रदेस समिति, जिल्ला समिति र उपशाखाका सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

शिव मन्दिरमा गौराको अवसरमा ७ दिन सम्म लागेको मेलाका कारण फोहर बनेको थियो । बासले मन्दिरको प्राङ्गणमा छरिएर रहेका पलाष्टिक जन्य फोहर सफा गरेको छ ।
२० बर्ष सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको बास नेपालले भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति, घुसखोरी जस्ता बेथितिका बिरुद्ध बिभिन्न क्रियाकलाप गर्दे आईरहेको छ ।
नेपालगञ्जमा केन्द्रिय कार्यालय रहेको बासका हाल ७७ जिल्ला शाखा, २० उपशाखा, १०० ईकाई र ५ हजार बढी युवाहरु आवद्ध छन । बास नेपाल भ«ष्टाचार बिरुद्धको विश्वव्यापी संस्था ट्रान्सपरेन्सी ईण्टरनेशनल नेपाल संग आवद्ध रहेको छ ।