गड्डाचौकीमा चेकजाँच गर्न ‘लिली’ खटाइयो

कञ्चनपुर – चाड पर्वलाई लक्षित गरी पश्चिमी सीमा नाका गड्डा चौकीमा तालिम प्राप्त ‘लिली’ नामको कुकुर खटाइएको छ । सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कुकुर सहितको सुरक्षा व्यवस्था गरिएको हो ।

maya metro hospital

सीमा नाका हुँदै दैनिक सयौँको संख्यामा यात्रुहरू आउन थालेका छन् । सीमा नाकामा दशैं मनाउनका लागि भारतबाट आउनेहरुको भीड बढे सँगै सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए ।

joshi vada pasal 2

सीमा नाका भएर प्रतिबन्धित वस्तु, हातहतियार, विष्फोटक पदार्थ, र लागुऔषध लगायत भित्रिन सक्ने भएकाले चेकजाँचमा कडाई गरिएको उनले बताए । ‘लिली नामक कुकुर धनगढी स्थित प्रदेश प्रहरी कार्यालय शाखाबाटसुरक्षाकर्मीसँगै खटाइएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.