कांग्रेसबाट कैलाली ४ को ‘फ्रन्ट रनर’ म नै हो : सुनील भण्डारी

अत्तरिया – नेपाली कांग्रेसका नेता सुनीलकुमार भण्डारीले कैलाली क्षेत्र नम्बर ४ को ‘फन्ट रनर’ (पहिलो धावक) आफू नै रहेको बताएका छन । मंगलबार अत्तरियामा पत्रकारहरु संग कुरा गर्दै नेता भण्डारीले कैलाली क्षेत्र नम्बर ४ मा आफ्नो पहिलो दाबी रहेको बताएका हुन ।

maya metro hospital

‘‘फ्रन्ट रनर’, पहिलो रनर जो हुन्छ नी ‘आई एम द फ्रन्ट रनर’, बसै किसिमले सबै तर्फबाट जनमतबाट, कार्यकर्ताको माया र स्नेहबाट, मैले विगत कठिन परिस्थितिमा पनि मैले झेलेर आएको छु । मैले सबै परिस्थितिले गर्दा खेरी मेरो यो निर्वाचनमा स्ट्रङ्ग दाबी छ’ उनले भने ‘मेरो यो दाबी कुनै हालतले कसैले पनि हल्लाउन सक्दैन । खालि पार्टीको निर्णय बाहेक ।’

joshi vada pasal 2

उनले पार्टीले अन्य ठाउँमा चुनाव लड्न पठाए नजाने बताए । ‘जहाँ मैले संगठन बनाए, जहाँ मैले जनताको माया पाए, जनताको स्नेह पाए, जहाँका जनताको सम्बेदनसिलताको नजिक पुगेको छु, जहाँका इमोसन म संग जोडिएका छन त्यो क्षेत्र छोडेर म अनैतिक हुन सक्दैन’ उनले भने ‘आफ्नो स्वार्थको लागि म दोस्रो क्षेत्रमा जाँदैन ।’ उनले अन्य ठाउँबाट चुनाव लड्ने कुरा सोच्न पनि नसकिने बताए ।

उनले पार्टीले अरुलाई टिकट दिए त्यसपछि के गर्ने भन्ने निर्णय सोही परिस्थितिले निर्धारण गर्ने बताए । ‘पार्टीले अरुलाई टिकट दिए । त्यसमा मेरो समर्थन रहन्छ तर, यो मेरो जिवनको उत्तरार्धको अन्तिम निर्वाचन हो । त्यसो भएर त्यो अवस्थामा पनि पार्टीभित्र रहन पनि सक्छु नरहन पनि सक्छु’ उनले भने ‘त्यो निर्णय म त्यतिखेर गर्छु जतिखेर परिस्थिति सिर्जना हुन्छ ।’

उनले टिकटकै लागि एक ठाउँ छोडेर अर्को ठाउँमा जाने प्रति आफूले कुनै तिक्तता पूर्ण टिप्पणी नगर्ने बताए । उनले प्रदेश सभापति बलायरले पनि आफूलाई क्षेत्र नम्बर ४ बाट चुनाव लड्छु भनेर आजका मिति सम्म नभनेको बताए ।

उनले आफ्नो उम्मेदवारी यथावत रहेकाले कुनै दुविधामा नरहन आग्रह गरे । विगतको बिषम परिस्थितिमा पनि चुनाव लडेर सम्मानजनक मत पाएकाले पनि यस पटकको मुख्य दाबेदार आफू नै रहेको उनले दोह-याए ।

‘कैलालीको क्षेत्र नम्बर ४ मा विगतको चुनावमा बाम गठबन्धनको आधि बेहेरी हुँदा पनि मैले चुनाव लडे । जसको नतिजा आफ्नो पक्षमा नआएपनि बिषम परिस्थ्तििमा पनि सम्मानजनक मत मैले पाएको थिए’ उनले भने ‘एक त मैले विगतको बिषम परिस्थितिमा चुनाव लडेको, दोस्रो निरन्तर यहाँको सक्रियता, तेस्रो जनताको बिचमा विश्वास प्राप्त गरेको कारणले मैले ४ नम्बर बाहेक अन्त चुनाव लड्ने प्रश्न उठ्नु मेरा लागि राम्रो विषय होइन ।’

उनले चुनाव पछिको ५ बर्षको दैरानमा पार्टीको संगठन सुदृढिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.