अत्तरियामा मावि स्तरिय बोका कप प्रतियोगीता सुरु

अत्तरिया – कैलालीको अत्तरियामा मावि स्तरिय बोका कप प्रतियोगीता सुरु भएको छ । अत्तरियास्थित सत्यवती एकेडेमीको आयोजनामा सोमबारबाट प्रतियोगीता सुरु भएको हो । सोमबार एक कार्यक्रमका बिच प्रतियोगीताको सुरुवात गरिएको छ ।

maya metro hospital

विद्यालयका सञ्चालन विर बहादुर कडायतको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि निजि तथा आवाशिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) का केन्द्रिय सदस्य योगेन्द्र हमाल रहेका थिए । कार्यक्रममा प्याब्सनकै गोदावरी नगरकमिटि अध्यक्ष श्याम खत्री लगायत अन्य विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन मल्सीमि एकेडेमीका सञ्चालक धर्मदेव नौन्यालले गरेका थिए । प्रतियोगीताको उद्घाटन प्याब्सनका केन्द्रिय उपाध्यक्ष जगविर थापा र केन्द्रिय सदस्य योगेन्द्र हमालले संयुक्त रुपमा रेफ्रिलाई बल हस्तान्तरण गर्दै गरेका थिए ।

joshi vada pasal 2

यसैबिच प्रतियोगीता अन्र्तगत भएको उद्घाटन खेलमा ज्ञानज्योती सेकेण्डरी स्कुल विजयी भएको छ । सत्यवती एकेडेमीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै ज्ञानज्योती विजयी भएको हो । खेलको पहिलो हाफमा सत्यवतीले २ गोल गर्दै अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा ज्ञानज्योतीले दुवै गोल फर्काउदै खेललाई बराबरीमा सम्पन्न गरेको ग¥यो । निर्धारित समयसम्म खेल बराबरीमा टुंगीएपछि पेनाल्टी सुटआउट मार्फत विजयी टिमको छनौट गरिएको थियो ।

यसैगरी सोमबार नै भएको दोस्रो खेलको नजिता पनि पेनाल्टी सुट आउट मार्फत नै आएको छ । खप्तड विद्या निकेतन र लोटस आई माध्यमिक विद्यालय बिच भएको दोस्रो खेल गोलरहित बराबरीमा टुंगीदा पेनाल्टीमार्फत विजयी टिमको टुंगो लागेको हो । पेनाल्टीमा लोटस आई मावि लाई ६–७ गोलअन्तरले पराजित गर्दै खप्तड विद्या निकेतन विजयी भयो ।

प्रतियोगीता अन्र्तगत मंगलबार होलिल्याण्ड माध्यमिक विद्यालय र एभरेष्ट एकेडेमी बिच खेल हुने बताईएको छ । प्रतियोगीतामा अत्तरियाक्षेत्रका ८ वटा विद्यालयहरुको सहभागीता रहेको छ । प्रतियोगीताको फाईनल खेल यही असोज १४ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.