सुदूरपश्चिममा बादी समुदायका छात्रछात्रालाई छात्रवृत्ति दिइने

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बादी समुदायका छात्र तथा छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । सरकारले शैक्षिक सत्र शुरु भएको ६ महिनापछि बादी समुदायका छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरि कार्यक्रम अघि बढाएको हो । आर्थिक वर्ष २०७९/८० को बादी उत्थान कार्यक्रम अनुसार कक्षा १ देखि १२ सम्मका छात्र तथा छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाउन लागेको छ ।

मन्त्रालयले बादी उत्थान कार्यक्रम अन्तर्गत ‘बादी समुदायका छोरी छात्रवृत्ति ’ र ‘बादी समुदाय उच्च शिक्षा छात्रवृत्ति’ गरि दुई किसिमको छात्रवृत्तिमा जोड दिएको मन्त्रालयका शिक्षा शाखा अधिकृत लोकेन्द्रबहादुर भट्टले जानकारी दिए ।

joshi vada pasal 2
bishal shuit house

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै विद्यालय तहका कक्षामा अध्ययनरत बादी समुदायका छात्रा तथा उच्च शिक्षामा अध्ययनरत छात्रछात्राहरुलाई आवेदन पेस गर्न आह्वान गरेको छ ।

‘छात्रवृत्ति प्राप्त गर्न योग्यता पुगेका बादी समुदायका इच्छुक छात्रछात्राहरुलाई सूचना प्रकाशन भएको ६० दिन अर्थात् मंसिर ५ गतेभित्र आवश्यक कागजातसहित सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयमा आवेदन पेस गर्न सूचित गरिन्छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

maya metro hospital

उच्च शिक्षा छात्रवृत्ति कार्यक्रममा ५० जनालाई समावेश गरिने मन्त्रालयका शिक्षा शाखा अधिकृत लोकेन्द्र प्रसाद भट्टले बताए । उनले भने, ‘५० भन्दा बढी आवेदन परेमा स्नातक तहमा अध्ययनरतको हकमा कक्षा १२ को र स्नातकोत्तर तह अध्ययनरतको हकमा सिजिपिए–प्राप्तांक प्रतिशतको आधारमा बढी जीपीए प्राप्तांक प्रतिशत प्राप्त गर्ने विद्यार्थी छनौट गरिने छ ।’

यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बादी उत्थान छात्रवृत्ति कार्यक्रम शीर्षकमा तीन करोड बजेट छुट्याएको छ । सुदूरपश्चिममा बादी समुदायको जनसंख्या करिब १२ हजार छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.