सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

धनगढी – धनगढीमा हुने सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक भएको छ । असोज ८ गतेदेखि १५ गतेसम्म धनगढी रंगशालामाहुने फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो । पिएफए स्पोटर्स क्लबको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने ७ वटा प्रदेशका टोली र एक घरेलु टोली गरी ८ टोलीको सहभागीता रहेको प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।

maya metro hospital

८ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । सुदुरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ समुह ए मा रहेका छन् । समुह बी मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम निलो रहेका छन् ।

joshi vada pasal 2

प्रतियोगिताको विजेताले नगद ५ लाख, उप विजेताले नगद ३ लाख प्राप्त गर्नेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै सह–प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ । हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको चौथो संस्करण हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.