युक्रेनमा रुसका ६ हजार सैनिक मारिए

रुसी सेनाले युक्रेनमा विगत सात महिनादेखि लडिरहेको युद्धमा लगभग ६ हजार सैनिक मारिएको रुसका रक्षामन्त्री सर्गे शोइगुले मंगलवार जानकारी दिएका छन् ।

bishal shuit house

युक्रेनी पक्षमा त्यसको १० गुणा बढी ६१ हजार २०७ जना सैनिक मारिएको उनले बताए । गत मार्च महिनाको अन्त्यतिरपछि पहिलोपटक रुसले आफ्ना सैनिकहरूको क्षतिको आँकडा सार्वजनिक गरेको हो ।

joshi vada pasal 2

‘आरम्भमा युक्रेनी सैनिकहरूको संख्या लगभग दुई लाख दुई हजार जति थियो,’ शोइगुले बताए, ‘तीमध्ये एक लाखभन्दा बढी हताहती भएका छन् । ६१ हजार २०७ जना मारिएका छन् भने ४९ हजार ३६८ जना घाइते भएका छन् ।’

त्यसपछि पनि युक्रेनले आफ्ना सयौं हजार सैनिक परिचालन गरेको शोइगुको जानकारी दिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.