भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन

दिल्ली – भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ । उनलाई अगस्त १० गते हृदयघात भएको थियो । त्यसयता उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । लामो समय भेन्टिलेटरमा रहेपछि २१ सेप्टेम्बरमा उनको निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

bishal shuit house

गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्ली एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो ।

joshi vada pasal 2

तर, उनको स्वास्थ्यमा खासै सुधार आएको थिएन । भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवको बुधबार निधन भएको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.