मछेली नदीले बर्षेनी किसानको खेत बगाउँदै

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ सोट्यासमा मछेली नदीले बर्षेनी किसानहरुको खेत बगाउन थालेको छ । उक्त क्षेत्रमा तटबन्ध नहुँदा नदीले बर्षेनी किसानका खेती काटन गर्न थालेको हो ।

यस बर्ष पनि शनिबार आएको बाढीले किसानले लगाएको करिब २ बिगा धान खेत बगाएको छ । नदीमा आएको बाढीले स्थानीय १४ जना किसानको २ बिगा जग्गा बगाएको वडाध्यक्ष भीम खड्काले बताए । उनले मछेली खोलामा आउने बाढीले बर्षेनी नोक्सान गर्ने गरेको बताए ।

joshi vada pasal 2
bishal shuit house

‘गत बर्ष मछेलीमा प्रदेश सरकारको २० लाखको लगानीमा ४ वटा स्पर निर्माण गरको थियो । स्पर निर्माण गरिएको ठाउँमा त्यती क्षती नगरेपनि स्पर निर्माण नगरिएको ठाउँमा यो बर्ष जमिन कटान गरेको छ’ उनले भने ‘मछेलीमा नदीको कटान रोक्न राम्रो संग बाधा बाध्न आवश्यक छ । यसका लागि ५/६ करोड नै आवश्यक पर्छ ।’ उनले मछेली आएको बाढीले धेरै बस्ती नै बिस्तापित गरेको बताए ।

स्थानीय वडा सदस्य गोरे दमाईले यस अघि पनि ३/४ बिगा जग्गा नदीले बगाएको बताए । उनले नदीको कटान रोक्न तटबन्ध निर्माण आवश्यक रहेको बताए ।

maya metro hospital

उक्त नदीले गोदावरीका वडा नम्बर १२ संगै वडा नम्बर ११ र कृष्णपुर नगरपालिकामा पनि क्षती पुगाउँदै आएको छ । स्थानीयले नदी बस्तीमै पस्ने खतरा रहेकाले तटबन्ध निर्माण गरिदिन माग गरेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.