बैतडीमा पीपीएल क्रिकेट शुरु

बैतडी – बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले उद्घाटन गरेका छन ।

bishal shuit house

पाटन नगरपालिका ६ मा रहेको कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबलाई भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ ।यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई स्तब्ध पार्दै ग्वाल्लेक क्रिकेट क्लबले विजयी शुरुआत गरेको छ ।

joshi vada pasal 2

२४ टोलीले सहभागिता रहेको प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए । प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १११ नगतसहित ट्रफी र प्रमाणपत्र पाउनेछ । उपविजेता टोलीले ५५ हजार ५ सय ५५ नगद र सहित प्रमाण पत्र हात पार्नेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कार स्वरुप ११ हजार १११ रुपैया नगतसहित प्रमाणपत्र प्रदान गरिनेछ । वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले जनही ५ हजार ५५५ नगतसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उदयीमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगितालाई पाटन नगरपालिकाले प्रायोजन गरेको हो । यस्तै बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य रहेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.