दार्चुलामा भाउजुको बलात्कारपछि हत्या गर्नेलाई आजीवन कैद

दार्चुला – भाउजु नाता पर्ने एकल महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दार्चुलामा एक जनालाई अदालतले आजीवन काराबासको सजाय सुनाएको छ । बुधबार दार्चुला जिल्ला अदालतले शैल्यशिखर नगरपालिका–१ बारिलका भोजराज खडायतलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

maya metro hospital

जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले बुधबार खडायतलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका श्रेष्तेदार कौशल ज्ञवालीले बताए । ज्ञवालीका अनुसार खडायतलाई ज्यान मुद्दामा जन्मकैद सुनाइएको हो। उनलाई जबर्जस्ती करणीमा ७ वर्ष, हाडनाता करणीमा १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी थप १० वर्ष कारबासको सजाय सुनाइएको छ ।

joshi vada pasal 2

ज्ञवालीका अनुसार जबरजस्ती करणीवापत अभियुक्तलाई ७ वर्ष जेल र २ लाख रुपैया जरिवाना तोकिएको छ । हाडनाता करणीमा १ वर्ष कैद र १० हजार रुपैया जरिवाना तोकिएको छ । बलात्कार र हत्यापछि मृतकको गहनासमेत लुटेका कारण डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

मृतक एकल महिला रहेकाले उनमा आश्रित परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भन्दै अदालतको फैसलामा रहेको श्रेष्तेदार ज्ञवालीले जानकारी दिए । गत जेठ २५ गते मध्यरातमा भोजराज खडायतले जरुरी काम छ भन्दै भाउजु नाता पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीको अभियोजनपत्रमा उल्लेख छ ।

त्यस क्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाई बलात्कारपछि नजिकै ओढारमा रहेको खर र नरुवा राखी जिउँदै जलाएर अनिभाको हत्या गरेको खुलासा भएको थियो । बलात्कारपछि खडायतले अनिभाको कान र नाकमा लगाएका सुनका गहनासमेत लुटेर लगेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.