प्रदेश सरकारद्धारा गोदावरीमा निर्माण गरिएको कुटीबडेहा पुलको उद्घाटन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ मा निर्माण गरिएको कुटीबडेहा पुलको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्धार निर्माण गरिएको उक्त पुलको शुक्रबार प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारी र पुर्व राज्य मन्त्री चुन कुमारी चौधरीले सयुक्त रुपमा उद्घाटन गरेका हुन ।

maya metro hospital

पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोडारीले पुलले धनगढी संगै गोदावरीका वडा नम्बर ६, ७ र ८ जोड्नका लागि कोशेढुङ्गा सावित हुने बताए । उनले पुल निर्माणको काम समयमै सम्पन्न भएको बताए ।

attariya hospital

उनले अहिले प्रदेश सरकारले धेरै काम तिव्र गतिमा अगाडी बढाइरहेको बताए । ‘अहिले प्रदेश सरकार कहाँ छ । कुन दुलोमा लुकेको छ । भनेर पनि टिप्पणी गर्ने गरिएको छ’ उनले भने ‘तपाई देखिरहनु भएको छ । प्रदेश सरकार यस्तै काम गरिरहेको छ । सरकार स्कुल बनाइरहेको छ, बाटो पिच गरिरहेको छ, जनताको सेवामा हामी लागिरहेको छ ।’

पुल उद्घाटन कार्यक्रममा बोल्दै पुर्व राज्य मन्त्री चौधरीले पुल निर्माण संगै अब पुल जोड्ने बाटोको पनि छिटै शिलान्यास गरिने बताईन् । उनले धनगढी जोड्ने मुख्य सडकमा पुल नभएकाले आफूले प्रदेश सरकारबाट पुलको योजना ल्याएको बताईन् ।

‘मैले जनताका बिचमा बोलेका काम निरन्तर पुरा गदै आईरहेकी छु । मैले आफूले बाचा गरेको भन्दा बढी काम गरेकी छु । जसको मुल्याङ्कन जनताले गर्ने नै छन’ उनले भनीन् ‘पंञ्चायत कालमै यो पुल परेको भएपनि त्यो अन्त लगियो । पहुचका आधारमा अन्त्य लगियो । अहिले आफू यस क्षेत्रबाट निर्वाचित भएपछि पुल बनायौ ।’ उनले यस क्षेत्रमा आफूले थुप्रै विकास निर्माणका काम अगाडी बढाएको बताईन् ।

पुलको २०७७ कार्तिक ५ गते प्रदेश सांसदको हैसियतमा चौधरीले शिलान्यास गरेकी थिइन् । २६.२० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको उक्त पुलको निर्माणका लागि २०७७ असार २९ गते एलबि एण्ड एबि बिल्डर्स प्रालि धनगढीले ३ करोड ५८ लाख २२ हजार १३८ रुपैयामा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार पुल निर्माणको म्याद २०७८ फागुन २३ गते रहेको थियो । पुल निर्माण अवधिमै सकिएको भएपनि ढिला गरि उद्घाटन गरिएको हो ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.