माओवादीद्धारा कैलाली ४ बाट संघ, प्रदेश र समानुपातीक गरी ४१ जनाको नाम सिफारिस

अत्तरिया – मंसिर ४ का लागि तोकिएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले कैलाली क्षेत्र नम्बर ४ बाट ४१ जनाको नाम सिफारिस गरिएको छ । माओवादीको क्षेत्रीय समन्वय समितिले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातीक र प्रदेश सभा प्रत्यक्ष र समानुपातीक गरी ४१ जनाको नाम सिफारिस गरेको हो ।

maya metro hospital

जसअन्तरगत क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम रहेको छ । क्षेत्र नम्बर ४ अन्तरतग समानुपातिक तर्फ रमेश कुमार चौधरी, अमृता बिक, प्रेम बहादुर बढा मगर र हर्क बहादुर सार्कीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ४ अन्तरगत प्रदेश सभा क अन्तरगत प्रत्यक्ष तर्फ कृष्ण कुमार चौधरी, लक्षीराम आचाय, मदन राज जोशी, हरी राम चौधरी, हरी प्रसाद जोशी, लक्ष्मी प्रसाद दाहाल र उद्धव राज भट्टराईको नाम सिफारिस गरिएको छ ।

attariya hospital

प्रदेश सभा क अन्तरगत समानुपातीकमा जानकी देव कुँवर, हिरालाल चौधरी, अजित सुनार, तुल्सी शर्मा, विनोद चौधरी, शेर बहादुर कामी, छविलाल हौजाली, टिकासरी बुढा मगर, डम्मर बहादुर मगर, मान बहादुर विक, सन्तोष आउजी र प्रकाश नेपालीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ४ अन्तरगत प्रदेश सभा ख अन्तरगत प्रत्यक्ष तर्फ हुकुम बहादुर साउँद, तिकल बहादुर चौधरी, निलम कुमार साँउद, मेघरा भट्ट र देवेन्द्र शाहीको नाम सिफारिस भएको छ ।

यस्तै क्षेत्र नम्बर ४ कै प्रदेश ‘क’ तर्फ प्रत्यक्षमा प्रतिनिधि सभाकै लागि सिफारिस भएका चौधरी, आचार्य सहित हरि राम चौधरी ‘उत्सव’, मदनराज जोशी, लक्ष्मीप्रसाद दाहाल, हरि जोशी र उद्धव राज भट्टराईको नाम सिफारिस भएको छ ।

यस्तै प्रदेश ‘ख’ तर्फ प्रत्यक्षमा मेघराज भट्ट, हुकुम साउँद, देवेन्द्र शाही, तिलक चौधरी र विमल साउँद को नाम सिफारिस भएको छ । प्रदेश सभा ख अन्तरगत समानुपातीकमा बिक्रम बिश्वकर्मा, जय बहादुर धामी, चन्द्रा कुमारी बिष्ट, शेर बहादुर बिष्ट, तुलाराम बिक, हर्क बहादुर दमाई, बिरकेश सुनार, जयन्ती जेठारा, दिपा जैसी र नरदिप धामीको नाम सिफारिस गरिएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.