एक दिनको पानिले तेघरीका ३० घर डुबानमा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीका करिब ३० घर डुबानमा परेका छन । बिहिबार राती परेको अविरल वर्षाका कारण पानिको निकाश नहुदाँ उक्त क्षेत्रका करिब ३० घर डुबानमा परेका हुन ।

maya metro hospital

स्थानिय दिपक कडायतले पानिको निकाश नहुँदा एक दिनको पानिले पनि डुबानको समस्या निम्त्याएकोे बताए । उनले भिमदत्त राजमार्गको मुख्य नालि साघुँरो भएका कारण पानि निकाशीको अन्य मार्ग नहुँदा डुबान भएको बताए ।

attariya hospital

उनले यसअघि डुबानको समस्या त्यति खासै नभएको भएपनि यसपटक भने एकैदिनको पानिले घरहरु डुबानमा पारेको बताए । उनले राजधानीको क्षेत्र भन्ने गरेको भएपनि डुबानको समाधानका लागी कसैले पनि पहल नगरेको बताए ।

‘२ वर्षअघि पनि यस्तै समस्याको समाधानका लागी भनेर नगरपालिका गएका थियौ’ उनले भने ‘राजमार्गको नाली चौडा गर्ने र शाखा नालीलाई सफा गरेर राजमार्गको नालीसँग जोड्ने भनेको कसैले सुनुवाई नै गरेनन ।’

उनले राजमार्ग कै नाली समेत सफाई नभएको र आधा सम्म मात्रै रहेकाले पनि उक्त क्षेत्रमा पानि निकाश नभएको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.