प्रतिनिधिसभा अन्तरगत कैलाली – ४ मा माओवादीबाट ३ जनाको नाम सिफारिस

अत्तरिया – प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रले ३ जनाको नाम सिफारिस गरेको छ ।

maya metro hospital

माओवादीको क्षेत्रीय समन्वय समितिले प्रतिनिधि सभाका लागि कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको सिफारिस गरेको हो ।

यस्तै क्षेत्र नम्बर ४ कै प्रदेश ‘क’ तर्फ प्रत्यक्षमा प्रतिनिधि सभाकै लागि सिफारिस भएका चौधरी, आचार्य सहित हरि राम चौधरी ‘उत्सव’, मदनराज जोशी, लक्ष्मीप्रसाद दाहाल, हरि जोशी र उद्धव राज भट्टराईको नाम सिफारिस भएको छ ।

attariya hospital

यस्तै प्रदेश ‘ख’ तर्फ प्रत्यक्षमा मेघराज भट्ट, हुकुम साउँद, देवेन्द्र शाही, तिलक चौधरी र विमल साउँद को नाम सिफारिस भएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.