अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७९४ नमूनाको कोरोना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीले जनाए अनुसार संक्रमित हुनेमा कैलालीका ६ जना, कञ्चनपुर, डोटी, बैतडी र बझाङका १÷१ जना रहेका छन ।
हाल प्रदेशमा एक्टिभ संक्रमितको संख्या ८३ जना रहेको छ ।
जसमध्ये ५ जनाको जिल्ला अस्पताल बाजुरा, ३ जनाको सेती प्रादेशिक अस्पताल धनगढी र १ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।