कञ्चनपुर – नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वमन्त्री विना मगरको नाम सर्वसम्मत सिफारिस गरेको छ । बिहीबार प्रतिनिधिसभाको लागि मगरको एकल नाम सिफारिस गरिएको हो ।

अघिल्लो पटक उनी कांग्रेस उम्मेदवार देवानसिंह विष्टलाई १९ हजार ५ सय ८४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य भएकी थिइन् । ३९ हजार २१ मत प्राप्त गरेर मगर विजयी हुँदा विष्टले १९ हजार ४३७ मत ल्याएका थिए ।

यस पटक पनि गठबन्धन भित्रै कांग्रेसबाट विष्ट र माओवादी केन्द्रबाट मगरको नाम सर्वसम्मत भएको छ । मगर २०७० सालको दोस्रो संविधान सभामा भने पराजित भएकी थिइन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् ।
