अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा निःशुल्क फिजियोथेरापी शिविरको आयोजना गरिएको छ । विश्व फिजियोथेरापी दिवशको अवसर पारेर सुदूरपश्चिम प्रदेश फिजियोथेरापी संघले शिविरको आयोजना गरेको हो ।
बिहिबार एक औपचारीक कार्यक्रमका बिच शिविरको उद्घाटन गरिएको थियो । संघका अध्यक्ष डाक्टर युवराज पाण्डेयको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडासदस्य डबल बहादुर साउँद रहेका थिए ।
कार्यक्रममा बोल्दै साउँदले समस्याग्रस्त बालबालीकाहरुलाई थोरै भएपनि राहत हुने कुरा आज प्राप्त भएको बताए । उनले शारिरीक रुपमा समस्यामा रहेका बालबालीकाहरुलाई फिजियोथेरापी गरेर केही सुधार गर्न सकिने बताउदै उनले संघले सुप समावेशीका अपांगता भएका बालबालीकाहरुको शारिरीक सुधारका लागी गरेको सहयोग अविस्मरणिय रहेको बताए ।
विशेष गरी अपांगता भएका बालबालीकाहरुलाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको संघका सल्लाहकार एवम् मोटिभेशनल स्पिकर डा. सुरेन्द्र ऐरले बताए । उनले दिवशको अवसरमा एक दिने शिविर आयोजना गरिएको भएपनि आगामी दिनहरुमा एक महिना वा तिन महिनाको अन्तराल पछि अपांगता भएका बालबालीकाहरुका लागी आउने बारेमा कुरा चलिरहेको बताए । शिविरमा बालबालीकाहरुको समस्याहरुको बारेमा पनि जानकारी लिईएको बताउदै उनले उक्त समस्याहरु सम्बन्धीत निकायमा पु¥याईने बताए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी विर बहादुर कुँवर, उषा बलम्पाकी, विद्यालयकी अध्यक्ष गौरी भण्डारी लगायत अन्य विभिन्न संघसंस्थाबाट आएका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव डाक्टर सुरेन्द्र भट्टले गरेका थिए ।