चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ

बैतडी – लागुऔषध चरेससहित प्रहरीले बैतडीमा दुई जना भारतीय नागरिक पक्राउ गरेको छ । भारतको बिहारका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरी पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरूलाई ५ सय मिलिग्राम चरेस सहित पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

joshi vada pasal 2

बैतडी सदरमुकाम गोठलापानीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई चरेससहित पक्राउ गरेको हो । उनीहरू जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.