दार्चुलामा डेंगु संक्रमणबाट बालिकाको मृत्यु

दार्चुला – दार्चुलामा डेंगु संक्रमणबाट ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिएका छन ।

maya metro hospital

बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएको संयोजक ओझाले जानकारी दिए । जिल्ला अस्पतालमा चेकजाँच गर्दा ती बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिनुका साथ अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमाने अस्पतालले जनाएको छ ।

आफन्तहरुले अन्य ठूलो अस्पताल लिने भनेर विरामी बालिकालाई अस्पताल नपुर्याएर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन् च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा उनको ज्यान गएको बताइएको छ ।
जिल्लामा हाल सम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।

attariya hospital

जिल्लाको महाकाली नगरपालिकाका २७ जनामा डेंगुको संक्रमण देखिएको छ, भने मालिकार्जुन गाउँपालिकाका ३ जना, अपिहिमाल गाउँपालिकाका २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

यस्तै नौगाड गाउँपालिकाका २ जना, दुहुँ गाउँपालिकाका ३ जना र ब्याँस गाउँपालिकाका २ जनामा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.