अत्तरिया – सुदुरपश्चिम प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारीले लेखराज भट्टको भ्रममा नपर्न आग्रह गरेका छन । बिहिबार गोदावरी नगरपालिका – १० मा निर्माण सम्पन्न भएको चाक्लेखोला पुलको उद्घाटन गर्दै मन्त्री सोडारीले स्थानीयलाई सम्बोधन गर्दै सो आग्रह गरेका हुन ।
उनले लेखराज भट्टले जनतालाई भ्रममा राख्ने बाहेक केही काम नगरेको बताए । ‘चाक्लेखोला पुल पनि माथिबाट लेखराज भट्टले हालेको भनेर प्रचार गरिएको रहेछ । यसरी मान्छेलाई बेवकुब बनाउने कुरा गर्छन । यस्ता कुरामा न्यायप्रेमी जनता भ्रममा नपर्नु होला’ उनले भने ‘ अघिल्लो पटक त्यत्रो चुनाव जितेर वहाँ फेरी तपाइहरुको बिचमा आउँदैछन भन्ने सुन्दैछु । अब वहाँ के भनेर आउने हुन । वहाले के के विकास गर्नुभएको छ । तपाई सोध्नुहोस् ।’
उनले लेखराज भट्ट शक्तिशाली मन्त्रालयमा पुगेर पनि कुनै काम गर्न नसकेको बताए । ‘यस क्षेत्रका जनताले लेखराज भट्टलाई यस क्षेत्रको जनप्रतिनिधिको जिम्मा लगाए । वहाँ आफै दलवदल गरेर आफ्नो जिम्मेवारी छोडेर हिड्नुभएको छ’ उनले भने ‘देख्दा त ज्यान ठूलै छ । कपाल कहिले सेता, कहिले राता बनाउन्छन । सम्पती पनि राम्रै छ । तर, यो क्षेत्रका लागि वहाँले गर्नु के भयो । अब तपाई न्याय गरिदिनुहोला ।
उनले केपी ओलीले देशमा निरकुंसता लाद्न खोलेकाले त्यसको रक्षाका लागि अहिले कांग्रेस र कम्युनिष्ट मिल्नु परेको बताए । ‘एक पटक निर्वाचन मार्फत ओलीलाई साईजमा राखेपछि अघिल्लो निर्वाचनमा हामी प्रतिस्प्रधा गरौला । यो पटक मिलेर अगाडी बढैं ।’
मंसिर ४ गते घोषणा गरिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत कैलाली क्षेत्र नम्बर ४ बाट लेखराज भट्टको नाम सिफारिस भएको छ । यता गठबन्धनबाट भने को उम्मेदवार बन्ने टुङ्गो नलागेको भएपनि नेकपा एकीकृत समाजवादीबाट मन्त्री सोडारीको नाम पनि चर्चामा रहेको छ ।
सम्बन्धित समाचार : ओलानीमा निर्माण गरिएको चाक्लेखोला पुलको उद्घाटन