बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु

 

एजेन्सी – भियतनामको दक्षिणी सहर होचीमिन्ह सिटी नजिकैको कराओके बारमा भएको भीषण आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मंगलबार राति कम्प्लेक्सको दोस्रो तल्लाबाट सल्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

maya metro hospital

त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोले बन्द गरेपछि केहीले झ्यालको सिसा फोरेर हाफ फालेका थिए। केही बरन्डाबाट हाम फालेर ज्यान जोगाएका थिए।

lotus school

८ तले भवनको दोस्रो तलाबाट सुरू भएको आगो चाँडै तेस्रो तल्लामा पुगेको थियो। त्यहाँ चाडै जल्ने प्रज्वलनशील सामान राखिएको थियो । सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कङ एन हान दानका अनुसार मृत्यु हुने ३२ मध्ये १७ जना पुरूष र १५ जना महिला छन्। मृत्यु हुनेमध्ये ८ जनाको शव शौचालयमा फेला परेको थियो।

attariya hospital

समाचार स्रोतका अनुसार आगलागीमा परी ४० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन्।आगलागीबाट बच्न मानिसहरु बालकोनीमा जम्मा भए पनि काठको भित्री भागमा आगो फैलिएपछि त्यहाँ पनि सुरक्षित बस्न नसकेको बताइएको छ। यस्तो अवस्थामा चार जनाले हामफालेर ज्यान जोगाएका थिए।

भवनको करिब एक तिहाइ भागमा आगो लागेको स्थानीय अधिकारीले बताएका छन्।अग्नी नियन्त्रकले एक घन्टा भित्रै आगो नियन्त्रणमा लिए पनि ठूलो मानवीय क्षति भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.