प्रविधि मानिसहरुको सहजताका लागी बनेको हो । मानिसहरुको दैनिक जिवनयापन सहज बनाउन होस वा विश्वपरिवेशको बारेमा जानकारी पाउन नै होस प्रविधिले महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ । प्रविधिको सही प्रयोगले नै विश्वका कतिपय देशहरु शक्तिशाली राष्ट्रहरुमा सम्मेलीत हुन पुगेका छन । प्रविधिको पहुँच पुगेका र प्रविधिको सही सदुपयोग गरिरहेका राष्ट्रहरु अर्थतन्त्रका हिसाबले पनि सक्षम छन ।
अहिले प्रविधिले साच्चिकै मानिसहरुका दैनिक गतिविधिहरुलाई एकदमै सहज बनाईदिएको छ । प्रविधिकै कारण कतिपय मानिसहरु रोजगार समेत बनेका छन ।
नेपाल विकाशोन्मुख राष्ट्रहरुमा पर्दछन । नेपालमा पनि विभिन्न किसिमका प्रविधिहरु छन, कतिपय स्थानमा त्यस्ता प्रविधिहरुले नेपाली नागरिक पनि सक्षम बनेका छन । परम्परागत रुपमा कृषि पेशा गर्दै आएका किसानहरु अहिले प्रविधिको प्रयोगकै कारण व्यवसायीक रुपमा कृषि कार्य गरेर व्यवसायीक कृषक बनेका छन । प्रविधिको उच्चतम प्रयोग गरेका कतिपय आईटि कम्पनीहरुले करोडौको कारोबार गरिरहेका छन ।
त्यस्ता कम्पनीहरुका कारण हजारौ मानिसले रोजगारी पनि पाएका छन । कुनै जमानामा चिठ्ठी आदान प्रदान गरेर हालखबर सोधिने नेपाली समाजका नागरिक अहिले मोबाईल फोनको प्रयोगले देश विदेशका खबरहरु पाईरहेका छन । अत्याधुनिक प्रविधिले बनेका स्मार्ट फोन, ल्यापटप, कम्प्युटर लगायतका संयन्त्रहरुमा ईन्टरनेट जडान गरी विश्वका हरेक गतिविधिहरु हाम्रो दुरदराजमा रहेका नागरिकहरुले देखिरहेका छन । देशको समग्र राजनीतिक तथा आर्थिक परिवेशका साथै विश्वका विविध गतिविधिहरुलाई सहज रुपमा आमनागरिक सम्म पु¥याउने माध्यम बनेको छ प्रविधि ।
कुनै पनि विषयको सही प्रयोगले त्यसबाट फाईदा लिन सकिन्छ भने त्यसको गलत प्रयोग हुदाँ नोक्सानको भागेदार पनि बन्नुपर्ने हुन्छ । पछिल्लो समय नेपालमा पनि प्रविधिको गलत प्रयोग भइरहेका घटना दिन प्रतिदिन आउने गरेका छन । जसले गर्दा प्रविधिले नेपाली समाजलाई विथोल्ने काम गरिरहेको छ । सरकारले ठूलो लगानी गरेर देशभर ईन्टरनेटको पहुँच पुगेको छ ।
तर, त्यसको कतिपय ठाउँमा सही सदुपयोग नहुँदा समाजमा यसबाट नकारात्मक सन्देश गइरहेको छ । देशका कतिपय ठाउँमा चोरी, लुटपाट, तथा आत्महत्या दुरुत्साहनका घटनाहरु घटिरहेका छन ।
त्यस्ता घटनाहरुमा प्रविधिको प्रयोग गरेर संचारमाध्यमका समाचारहरुबाट प्रष्ट पारिएको हुन्छ । तर, त्यसको गलत प्रयोग गरिदा चरित्र हत्या गर्ने, आतंक फैलाउने तथा ब्ल्याकमेलिङ गर्ने कामहरु पनि पछिल्लो समय प्रविधिकै प्रयोगबाट बढी भैरहेका छन । प्रविधिको गलत प्रयोग गर्दा कतिपयले अकालमै ज्यान समेत गुमाउन परेको छ । मानिसको सहजताका लागी बनाईएको त्यसैले प्रविधिको बिस्तार संगै प्रविधिलाई सही रुपमा सदुपयोग गर्न र गराउन पनि आवश्यक छ ।