बैतडी माओवादीद्वारा संघ र प्रदेशसभाका उम्मेदवार सिफारिस

बैतडी – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बैतडीमा माओवादी केन्द्रले संघ र प्रदेशका उम्मेदवार सिफारिस गरेको छ । संघीय सांसदमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

maya metro hospital

यस्तै संघीय सांसदमा समानुपातिक तर्फ लक्ष्मी ओड र स्वेता भट्टको नाम सिफारिस गरिएको छ । प्रदेशसभा क्षेत्र नम्बर (क) बाट प्रत्यक्षतर्फ जिल्ला संयोजक शंकर भण्डारी, रणबहादुर कुँवर, वर्तमान प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, दलबहादुर धामी र धर्मसिंह ऐरको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट प्रत्यक्षतर्फ केदारचन्द्र भट्ट, गोपाल चन्द , ईश्वरी भट्ट र रमेश चन्दको नाम सिफारिस गरिएको छ । प्रदेश समानुपातिक तर्फ पार्वती नेगी, रेणु चन्द र लक्ष्मी पोखरेल बिक सिफारिस भएका छन् ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.