गोदावरीमा अव्यवस्थित बसोबासीलाई लाजपुर्जा दिन २६ लाख सम्म दस्तुर तोकियो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा अव्यवस्थित बसोबासीलाई लाजपुर्जा वितरण गर्नका लागि दस्तुर तोकिएको छ । गोदावरी नगरपालिकाको सिफारिसमा आधारमा राष्ट्रिय भूमि आयोग जिल्ला शाखा कैलालीले जग्गाको दस्तुर तोकेको हो ।

maya metro hospital

गोदावरी नगरपालिका – १ का १ सय ११ घरधुरीमा तोकेको दस्तुरमा ३३ हजार देखि २६ लाख सम्म रहेको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले मुल्याङ्कन फारमको आधारमा सुत्र प्रयोग गरेर दस्तुर तोकिएको बताए ।

joshi vada pasal 2

‘मुल्याङ्कनको दस्तुरमा व्यक्ति हेरेर भन्दा उसको सम्पती हेरेर, जग्गाको क्षेत्रफल हेरेर तोकिएको छ’ उनले भने ‘अन्य ठाउँमा के कती जग्गा छ । आयश्रोत कस्तो छ । लगायतका मापदण्डलाई हेरेर मुल्याङ्कन गरिन्छ ।’

हाल नगरपालिकाको वडा नम्बर १, २ र ५ मा जग्गा नापीको काम छिटफुट बाहेक सकिएको जनाइएको छ । भूमि आयोगको नगर फोकल प्रसन समेत रहेका खत्रीले हाल नापीको काम रोकिएको र आन्तरिक काम भइरहेको बताए । उनले केही भरेका फारममा पूर्ण जानकारी नआएकाले समस्या भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.