सुदूरपश्चिममा फेरि लागू भयो ‘टाइम कार्ड’

डडेल्धुरा – सडक दुर्घटना कम गर्न सुदूरपश्चिम प्रदेशमा फेरि ‘टाइम कार्ड’ (निश्चित समय) लागू गरिएको छ । डडेल्धुरादेखि तराइका दुई जिल्ला कैलाली र कञ्चनपुर जाँदा र कैलाली र कञ्चनपुरबाट डडेल्धुरा आउने सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू भएको हो ।

maya metro hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी प्रविन धितालका अनुसार डडेल्धुरा देखि अत्तरिया र डडेल्धुरादेखि महेन्द्रनगर सवारी साधन सञ्चालन गर्नका लागि टाइम कार्ड लागू गरिएको छ ।

joshi vada pasal 2

डडेल्धुरादेखि अत्तरियासम्म ४ घण्टा १५ मिनेट र डडेल्धुरादेखि महेन्द्रनगरसम्म सवारी चलाउदा ५ घण्टा १५ मिनेट समय निर्धारण गरिएको एसपी धितालले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.