अत्तरियाबाट चरेस सहित युवक पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट चरेशसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–३ अत्तरियास्थित महेन्द्रनगर रोडबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ बस्ने ३० वर्षीय प्रकाश मण्डल पक्राउ परेका हुन् ।

maya metro hospital

उनको साथबाट अढाई किलो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बझाङको छविसपाथीभेरा घर भएका मण्डललाई क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिम (आरआइटी) को टोलीले पक्राउ गरेको हो ।

joshi vada pasal 2

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.