बैतडीकी एक किशोरी बेपत्ता

बैतडी – बैतडीकी एक किशोरी वेपत्ता भएकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका – ७ माइखर्ककी १५ वर्षीया आस्था शर्मा धनगढीबाट वेपत्ता भएकी हुन् । परिवारसँगै धनगढी मोहनपुर बस्दै आएकी १५ वर्षीया आस्था सोमबारदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको बताइएको छ ।

maya metro hospital

सोमबार बिहान ८ बजे धनगढी उपमहानगरपालिका १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडी स्कुल जान्छु भनी घरबाट निस्केकी शर्मा अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता किशोरीका काका भुवन शर्माले बताए ।

joshi vada pasal 2

बेपत्ता किशोरीको खोजी कार्यका लागि प्रहरीमा पनि निवदेन दिएको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बेपत्ता किशोरीको खोजी कार्य भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.