मेशिनले हात काटिएका बैतडीका बिष्टको उपचारमा समस्या

बैतडी – बैतडीको पाटन नगरपालिका – ६ टुणेगैरका हिमाल बिष्टको भारतमा काम गर्ने बेला मसिनले हाट काटिएको छ । रोजगारीको शिलशिलामा भारतको कश्मीर पुगेका बिष्टको काम गर्नेबेलामा मेशिनमा अल्झेर दायाँ हात काटिएको हो ।

maya metro hospital

एक महिना आगाडी रोजगारीका लागि भारत गएका बिष्टको हाट काटिएपछि अहिले परिवारको बिचल्ली भएको छ भने उनको उपचारमा पनि समस्या परेको छ ।

joshi vada pasal 2

गाउँमा कुनै रोजगारी नहुँदा बिष्ट बोल्न नसक्ने अपाङ्ग आमा, गर्भवती श्रीमती र तीन वर्षीया छोरीलाई छाडेर रोजगारीका लागि भारतको कश्मीर पुगेपनि त्यहाँ पुगेको महिना दिन नपुग्दै हात काटिदा उनको परिवारमा बिचल्लीभएको हो । आर्थिक अभावले उपचारमा समेत समस्या भएको पारिवारिक स्रोतले बताएको छ ।

विष्टको काम गर्ने बेला मेसिनमा अल्झेर हात काटीएपछि भारतमै रहनु भएका मजदुर वीरेन्द्र बिष्टले अस्पताल लगेर उपचार गराए पनि थप उपचारका लागि आर्थिक अभावले समस्या भएको बताइएको छ । ७० वर्षीया आमा मैना बिष्ट जन्मजात जिब्रोको समस्याले बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । अहिले उनको उपचारका लागि आर्थिक संकलन अभियान चलाईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.