धनगढी पुगेर प्रचण्डले भने ‘कांग्रेस ८०, माओवादी ६० सिटमा सहमति हुन्छ’

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन् ।

maya metro hospital

सुदूरपश्चिम प्रदेशमा पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कार्यदलले आज साँझसम्म प्रतिवेदन बुझाउने र भोलि शीर्ष नेताको तहबाट अन्तिम रूप दिइने बताएका हुन् ।

सिट, क्षेत्र र प्रदेश एकैसाथ टुङ्ग्याउने गरी सबै पार्टीका प्रतिनिधिहरू लागि परेको बताए। दलहरूमा आ–आफ्नो दाबी भए पनि सहमती नजिक पुगेको उल्लेख गरे ।

attariya hospital

उनले भने, ‘कांग्रेस एक सय सिट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना देखिएको छ । हामीले ६० भनेका छौं थोरै तलमाथि होला । समाजवादीको २५ वरिपरि हुनसक्छ । यसैकै आधार सबैजना बसेर टुंग्याउछौँ ।’

अहिलेको मुख्य विषय निर्वाचन नै भएकोले सत्तारूढ दल तालमेल गरेरै चुनावमा जाने बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.