दिपायलमा अब नियमित जहाँज सञ्चालन हुन्छ : पूर्वमन्त्री आले

डोटी – निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको दिपायलमा नियमित जहाँज सञ्चालन हुने बताएका छन । सोमबार डोटीको दिपायल विमानस्थलको ट्रमिनल भवनको शिलान्यास गर्दै निर्वतमान मन्त्री आलेले दिपायलमा नियमित जहाँज सञ्चालनका लागि आवश्यक पर्ने सबै प्रकृया पुरा गरिने बताए ।

maya metro hospital

उनले भने ‘जहाँज नआउँदा लामो समयदेखि बन्द अवस्थामा रहेको विमानस्थलमा मैले पर्यटनमन्त्री हुँदा हप्तामा दुई पटक भएपनि जहाँज सञ्चालन गराउन सफल भएको छु, अब नियमित जहाँज सञ्चालन गराउँछु ।’

यसैगरी निर्वमान मन्त्री आलेले दिपायल विमानस्थलमा नियमित विमान सञ्चालन भए यहाँका बडिमालिका, खप्तड, बडिकेदार, रामारोसन लगायतका पर्यटकिय तथा धार्मिक क्षेत्रहरुमा पर्यटकको आवागमनमा सहज हुने तथा यहाँका पहाडी जिल्लाहरुको आयस्तरमा बृद्धि विकास हुने बताए । उनले भने ‘डोटी सहितका यहाँका पहाडी जिल्लाको विकास गर्नलाई भएपनि दिपायलमा नियमित जहाँज सञ्चालन हुन आवश्यक छ, मेरै पहलमा म दिपायलमा अब नियमित जहाँज चलाउछु ।’

attariya hospital

दिपायल विमानस्थलको ट्रमिनल भवनको निमार्णका लागि निर्वतमान मन्त्री आलेले आफु पर्यटन मन्त्री भएका बेला पाँच करोड नौ लाख रकम बजेट विनियोजन गरेका थिए । कम्तिमा पनि १८ महिना भित्र काम सम्पन्न गर्ने गरी सोमबार उक्त ट्रमिनल भवनको निमार्ण कार्यको शिलान्यास गरीएको हो ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.