खाेज्नुहाेस

घोडाघोडीमा करारका कर्मचारीको परीक्षा अनिश्चित

Image

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका राजनैतिक हस्तक्षेपले रोकिएको करार कर्मचारीको परीक्षा करिब एक महिना पुग्नै लाग्दा पनि सुरु हुन सकेको छैन । नगरपालिकाले साउन १ गते विभिन्न १६ पदको लागि २९ जनाको विज्ञापन खोलेको थियो । तर, विभिन्न राजनैतिक दलले दबाब दिएपछि परीक्षा सुरु भएकै दिन परीक्षा स्थगित गरिएको थियो ।

अहिले आठौँ तहको मेडिकल अफिसरदेखि श्रेणीविहीन स्पिरसम्म पुनः परीक्षा हुन सकेको छैन । ‘अहिले उक्त विषयमा छलफल भएको छैन’ नगरपालिकाका मेयर खडक रावतले भने ‘स्थगित भएको परीक्षा अनिश्चित छ ।’

attariya hospital
navjiwan hospital

कार्यालयले साउन २९ गते देखी भदौ १२ गते सम्म परीक्षाको मिति तोकेको थियो । पहिलो दिन साउन २९ गते स्टाफ नर्स र अनमिको परीक्षा तोकिएको थियो । सोही तालिका अनुसार अनमि तर्फ १६ जना र स्टाफ नर्सतर्फ १४ जनाले परीक्षा दिइरहेका थिए । उता परीक्षार्थीले परीक्षा दिइरहेका बेला यता नगरपालिकाले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगित भएको सूचना जारी गर्यो ।

राजनैतिक दलको दबाबमा परीक्षा स्थगित गरेको नगरपालिकाले भूमिसम्बन्धी काम गर्नको लागि अमिन पदमा ज्यालादारीमा काम लगाउने निर्णय गरेको थियो । अहिले यहाँ भूमिसम्बन्धी काम भइरहेको छ । मेडिकल अफिसरको परीक्षा नहुँदै स्थगित भएपछि पूर्ण क्षमतासहित नगर अस्पताल सञ्चालन गर्ने नगरपालिकाको योजना पनि असफल भएको छ ।

त्यो बेला परीक्षार्थीले बुझाएको दरखास्तसमेत नगरपालिकाले फिर्ता गरेको छैन । दरखास्तसमेत फिर्ता नगरेर परीक्षा स्थगित गर्न बाध्य पारेका राजनैतिक दलहरू पनि अहिलेसम्म यस विषयमा छलफल सुरु गर्न सकेका छैनन् ।

maya metro hospital

अघिल्लो महिना २९ गते परीक्षा स्थगित गर्ने भन्दै सूचना जारी गरेका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले नै राजनैतिक दबाबका कारण परीक्षा स्थगित गर्न बाध्य भएको बताएका थिए ।