ज्यानमारा बन्दै गएको टीकापुरको मुलपानी तलाउमा नुहाउन रोक

टीकापुर – कैलालीको टीकापुर नगरपालिका–२ मुलपानी स्थित तलाउमा नुहाउन रोक लगाउन स्थानीयले माग गरेका छन । नुहाउने क्रममा तालमा ज्यान जाने क्रम बढेपछि स्थानीयले नुहाउन रोक लगाउन माग गरेका हुन ।

तलाउमा नुहाउने क्रममा हालसम्म दुई जनाले ज्यान गुमाएका छन । यही भदौ १८ गते जानकी गाउँपालिका–८ पहाडीपुरका २० वर्षका पुष्पराज उपाध्याय र २०७७ कात्तिक ६ गते जानकी गाउँपालिका–६ जगतपुरका १४ वर्षका समिर चौधरीले तलाउमा नुहाउने क्रममा ज्यान गुमाएका छन् ।

joshi vada pasal 2

कर्णाली नदी किनारमा ढुंगा बालुवा निकाल्ने क्रममा परेको खाल्डोमा पानी जमेपछि तलाउ बनेको हो । तलाउमा जमिनमूनिबाट पानी निस्किने गरेको छ । यसरी जमिनमूनिबाट निस्केको पानी जमेको ठाउँलाई स्थानीयले मुलपानी नामाकरण गरेका हुन् ।

bishal shuit house

मुलपानीमा दुईवटा तलाउ छन । खाशगरी त्यहाँ विदाको दिनमा नुहाउनेको घुँईचो लाग्ने गर्छ । बढीजसो युवायुवती नुहाउन जाने गरेका छन् । स्थानीय जनशक्ति सामुदायिक वनले मुलपानीलाई लक्षित गरेर पार्क निर्माण गरेको छ । त्यहाँ भ्यूटावर समेत निर्माण गरिएको छ । प्रदेश र संघ सरकारले हालसम्म करिव ३० लाख रूपैयाँ खर्च गरेका छन । गत आवमा मात्रै संघको १५ र प्रदेश सरकारको ५ लाख रूपैयाँ खर्च भएको छ ।

maya metro hospital

सामुदायिक वनले पार्क प्रवेश शुल्क भन्दै हरेक व्यक्तिबाट १० रुपैयाँ असुल्ने गरेको छ । त्यहाँ पुगेपछि अधिकांशले तलाउमा नुहाउछन् । तलाउमा नुहाउने काम निकै जोखिमपूर्ण छ । तलाउको गहिराई कति छ भन्ने एकिन छैन । तलाउभित्र पानी मात्रै नभई ठूल्ठूला ढुंगा र काठ समेत छन् । नुहाउने क्रममा कैयौं व्यक्ति तिनै ढुंगा र काठमा ठोक्किएर घाईते हुने गरेका छन् ।

‘जसलाई गहिरो चोट लाग्छ उसले ज्यान गुमाउने गरेका छन’ स्थानीय सिद्ध ठकुल्लाले भने, ‘नुहाउने काम निकै जोखिम छ ।’ टीकापुर नगरपालिकाले तत्काल तलाउको पानीको सतह घटाएको छ । मेयर रामलाल डगौरा थारु जेसिबी सहित मुलपानी पुगेका छन्। उनले सामुदायिक वनलाई व्यवस्थित गरेर मात्रै पार्क सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

‘निकै अव्यवस्थित छ । हामीले त्यसलाई व्यवस्थित गर्न भनेका छौं’ उनले भने, ‘आगामी दिनमा कुनै किसिमको जोखिम नहोस् भनेर सचेत गरेका छौं ।’

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.