सुदूरपश्चिम एमालेका ‘भेट्रान लिडर’ पुनः दोहोरिँदै

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिमका आफ्ना पुराना नेताहरूलाई पुनः दोहो¥याउने भएको छ । एमाले सुदूरपश्चिमले हाल प्रतिनिधि सभा सदस्य रहेका आफ्ना पुराना नेताहरूलाई पुनः दोहो¥याउने भएको हो ।

bishal shuit house

उनीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला कमिटी तथा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले नाम सिफारिस गरेको छ । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नारदमुनि राना, निर्वाचन क्षेत्र नं. ४ बाट लेखराज भट्ट, निर्वाचन क्षेत्र नं. ३ बाट गौरीशंकर चौधरीलाई सर्वसम्मत सिफारिस गरेको हो । राना, भट्ट र चौधरी २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए ।

joshi vada pasal 2

नेकपा एमाले कैलाली इन्चार्ज समेत रहेका प्रतिनिधि सभा सदस्य रानाका अनुसार अछाम निर्वाचन क्षेत्र नं. १ बाट एमालेका सल्लाहकार डा. भीम रावल, अछाम–१ बाट सिफारिस भएका छन् ।

रावल २०७४ को चुनावमा त्यहीँ क्षेत्रबाट निर्वाचित भएका हुन् । अछाम निर्वाचन क्षेत्र नं. २ बाट पनि अघिल्लो पटक निर्वाचित भएका यज्ञबहादुर बोगटीको नाम एकल रूपमा सिफारिस गरिएको छ । एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीबाट दामोदर भण्डारी सिफारिस गरिएको रानाले बताए । बझाङ, बाजुरा, कञ्चनपुर, डोटी, डडेल्धुराबाट सिफारिस गर्न बाँकी रहेको बताइएको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.