अत्तरिया – कञ्चनपुरको गुलरीया बजारमा रहेको कञ्चन बहुमुखि क्याम्पस जलमग्न बनेको छ । बर्षातको पानीको निकास नहुँदा क्याम्पस प्राङ्गण जलमग्न बनेको हो ।
निकास नहुँदा पुर्व पश्चिम राजमाग संगै जोडिएको उक्त क्याम्पसको मुल गेट र प्राङ्गणमा पानीको तलाव बनेको छ । सो क्षेत्रमा दुई दिन अगाडी पानी परेको भएपनि पानीको निकास नहुँदा पानी प्राङ्गणमा जम्मा हुने गरेको छ ।