अत्तरियामा रक्तदान कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवशको अवसर पारी नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा नेपाल निजामती कर्मचारी युनियन स्थानिय कार्यसमिति गोदावरी नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो ।

maya metro hospital

स्थानिय कार्यसमितीका अध्यक्ष टेक शाहुको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया (ललीत) रहेका थिए ।

joshi vada pasal 2

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले निजामती कर्मचारी भनेको नागरिकलाई सेवा दिने सिभिल सर्विसर भएको बताए । उनले जनप्रतिनिधि विहिन अवस्थामा पनि जनतालाई सेवा दिने कार्य निजामती कर्मचारीहरुले गरेको बताए । यतिमात्रै नभई उनले निजामती कर्मचारीहरु मार्फत नै देशको निति निर्माण भएको बताए । नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरियाको भवनमा कार्यक्रम आयोजना भएको थियो । सोही प्रसंगमा बोल्दै नगरप्रमुख भट्टले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरिनुका साथै स्वास्थ्यसँग जोडिएको रेडक्रसको भवन सेनाको नाममा हुनु दुखद कुरा भएको बताए ।

‘मैले कार्यक्रम यहाँ सञ्चालन भएकाले प्रसंग जोडे, यो भवन पनि सेनाको भोगाधिकार भएको जमिनमा छ’ उनले भने ‘यती मात्रै नभई अत्तरियाको बसपार्क लगायतका अन्य विभिन्न संरचनाहरु पनि सेनाकै जमिनमा पर्दछन ।’ उनले ति सबै संरचनाहरुको संरक्षण र व्यवस्थापनका लागी लगानी गर्न जमिन आफु मातहत हुनुपर्ने बताए ।

‘अत्तरिया प्रदेशको राजधानी अवस्थीत शहर भनेपनि हामीसँग व्यवस्थीत एउटा बसपार्क पनि छैन’ उनले भने ‘बसपार्कको निर्माणका लागी लगानी बोर्डबाट बजेट ल्याएर बसपार्क व्यवस्थापनका लागी सुरुवात गर्न खोज्दा सेनाले रोक्ने कोशिस ग-यो र हामी अहिले सम्म त्यसैको प्रयासमा लागेको छौ ।’ उनले बसपार्क लगायतका अन्य क्षेत्रहरु रहेको जमिन नगरपालिका मातहत ल्याउन पहल चालेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । यसका साथै उनले निजामती कर्मचारीका हकमा नगरको तर्फबाट गर्न सकिने हर कुराहरुमा आफु सकारात्मक रहेको बताए ।

यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति बसन्त रोकायाले राष्ट्र सञ्चालनमा निजामती कर्मचारीहरुले अहम भुमिका निर्वाह गरेको बताए । उनले राष्ट्र निर्माणका साथै सामाजिक कार्यका लागी पनि निजामती कर्मचारी अग्रसर छन भन्ने कुरा रक्तदान कार्यक्रमले स्पष्ट पारेको बताए । रक्तदान जिवनदान भन्ने मुल मन्त्रलाई आधार बनाएर गरिएको कार्यक्रम एकदमै उत्कृष्ट भएको उनको भनाई छ ।

कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको नेपाल निजामती कर्मचारी युनियन स्थानिय कार्यसमिति गोदावरी नगरपालिकाका अध्यक्ष टेक शाहुले बताए । उनले देशभरकै कार्यक्रम अनुसार स्थापना दिवशको अवसरमा कार्यक्रम आयोजना गरिएको बताए । ‘आज देशभरमै विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन’ उनले भने ‘त्यसैले हामीले पनि अरुभन्दा फरक गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेका हौ ।’
उनले जिल्लामा कसैको पनि रगत अभावका कारण अकालमै ज्यान नजाओस भन्ने उद्देश्यले अरु भन्दा यस कार्यक्रमलाई स्थान दिईएको बताए । उनले जिल्लामा खड्किरहने रगत अभावको समस्यालाई पनि यसले समाधान गर्न भुमिका खेल्ने बताए ।

कार्यक्रममा कांग्रेस निकट विभिन्न संघसंस्थाका पदाधिकारीहरु एवम् कर्मचारीहरुको सहभागीता रहेको थियो । नेपाल निजामती कर्मचारी युनियन स्थानिय कार्यसमिति गोदावरीका उपाध्यक्ष हिक्मत साउँदले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव विरेन्द्र अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.