अत्तरिया पुगेका एमाले महासचिव पोखरेल भने ‘गठबन्धनलाई बिदा गर्न आवश्यक छ’

अत्तरिया – नेकपा एमालेका महासचिव शंकर पोखरेले आगामी निर्वाचनमार्फत सत्ता गठबन्धनलाई बिदा गर्न आवश्यक रहेको बताएका छन् । आइतबार अत्तरियामा प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा गठबन्धनले मुलुकमा राम्रो काम नगरेको भन्दै बिदा गर्न आवश्यक रहेको बताएका हुन् ।

maya metro hospital

‘गठबन्धनजस्तो अवस्थामा छ । यसले एक सीट पनि नजित्नु पर्ने हो । गठबन्धन पूर्णरूपमा समाप्त हुनु पर्ने हो’ उनले भने, ‘कुनै गतिलो काम गरेको छैन । यो अयोग्य छ । त्यस कारणले यसलाई बिदा गर्नुपर्छ ।’

joshi vada pasal 2

नेपाली कांग्रेसबाट देशले नेतृत्वको सम्भावना नभएको समेत उनले जिकिर गरे । उनले वर्तमान सरकार अझै एक बर्ष रहे मुलुक श्रीलंकाको दिशामा जान सक्ने खतरा रहेको समेत बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.